Sagun Khabar
डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि प्रारम्भिक अध्ययन शुरु 

डडेल्धुरा –डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्नका लागि प्रारम्भिक अध्ययनको काम अघि बढेको । सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजको रूपमा स्तरोन्नति गर्ने निर्णय गरेसँगै प्रारम्भिक अनुगमन टोलीले शुक्रबार स्थलगत रूपमा निरीक्षण गरेको छ । 

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीको नेतृत्वको टोलीले मेडिकल कलेज स्थापनाका लागि आवश्यक जग्गा तथा वातावरणबारे जानकारी लिने काम शुरु गरेको हो । 

Atrya hospital

पछिल्लो समयमा सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज बनाउने सैद्धान्तिक सहमति दिएपछि कलेज निर्माणका लागि विभिन्न गतिविधिहरु अघि बढेको डडेल्धुरा अस्पतालले जनाएको छ । 

डडेल्धुरा अस्पताल सुदूरपश्चिमका पहाडी जिल्लाहरुको रेफरल अस्पतालको रुपमा रहेको छ । 
 

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update