Sagun Khabar
बिहीबार सुदूरपश्चिममा २४७ जनाले कोरोना जिते 
Atrya hospital

बैतडी – सुदूरपश्चिममा बिहीबार २४७ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये बिहीबार २४७ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

यस्तै बिहीबार प्रदेशभरी कोरोनाबाट थप १७ जनाको ज्यान गएको छ । कैलालीका ११, कञ्चनपुरका ४, अछाम र बझाङका १÷१ जना गरी १७ जनाको ज्यान गएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै प्रदेशका विभिन्न प्रयोगशालामा २ हजार १७४ नमूना परीक्षण गरिएको थप ८१० जनामा कोरोना पुष्टि भएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update