Sagun Khabar
कञ्चनपुरका समन्वय अधिकारी कार्यकक्षमै थुनिए 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा जिल्ला समन्वय समितिका कार्यालय प्रमुख कार्यकक्षमै थुनिएका छन् । समन्वय समितिका पदाधिकारीले समन्वय अधिकारी खेमप्रसाद चौधरीलाई कार्यकक्षमै थुनेका हुन् ।

जिल्ला समन्वय समितिका पदाधिकारीहरुको सेवा सुविधा रोकेको भन्दै बुधबार दिउँसो समन्वय अधिकारी चौधरीलाई कार्यकक्षमै थुनेका हुन् । 

अहिले प्रहरीले कार्यकक्षको ताला तोडेको जनाएको छ । आफूहरुले पाउनुपर्ने सुविधा तत्काल उपलब्ध गराउन पदाधिकारीहरुले माग गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १६:४७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update