Sagun Khabar
डोटीमा दुर्गा भगवतीको मन्दिरमा चढाइएको घण्ट चोरी 
सांकेतिक तस्बिर

डोटी –अज्ञात व्यक्तिद्वारा डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायल बासुधारास्थित दुर्गा भगवती मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घन्ट चोरी भएको छ । दिपायल सिलगढी–१ तिखागाउँका दत्तुसिंह खड्काले विसं २०५० मा चढाएको कम्तीमा पनि ४५ किलाको घन्ट चोरी भएको ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए । 

मन्दिरमा चढाइएको घन्ट चोरी भएको घटना डोटीमा पहिलोपटक भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला बाहिरबाट सामान बिक्रीका लागि आउने गैरहिन्दूले उक्त मन्दिरको घन्ट चोरेको हुनसक्ने अनुमान स्थानीयवासीले गरेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  ०९:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update