Sagun Khabar
डडेल्धुरामा जिप दुर्घटना हुँदा १० जना घाइते 

डडेल्धुरा –डडेल्धुरामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  जिल्लाको अमरगढी नगरपालिका–१० राइको मोड नजिकै से १ ज ४०१ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

नवदुर्गा गाउँपालिकाबाट डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेको सो जिप अनियन्त्रित  भई पल्टिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । जिप पल्टिँदा जिपमा सवार १० जना घाइते भएका छन् । 

Atrya hospital

घाइते मध्ये ८ जनाको डडेल्धुरा अस्पतालमा उपचार पछि घर फर्र्किएका छन् भने २ जना अस्पतालमै उपचार भईरहेको छ । 

नवदुर्गा गाउँपालिका १ की ६० वर्षीया यशोदादेवी ऐर र सोही ठाउँकी ५० वर्षीया सीता पार्कीको उपचार भइरहेको हो । 
जिप चालक नवदुर्गा गाउँपालिका–१ कोटेलीका २८ वर्षीय रामबहादुर ऐरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update