बझाङमा एक वृद्धा मृत फेला 
                        
                        
                                                
                                            
                                                                    बझाङ – बझाङको बुंगल नगरपालिकाकी एक वृद्धा मृत फेला परेकी छिन् । नगरपालिकाको वडा नं ४ का ७० बर्षीया सन्तोला नेपाली बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।
फागुन १० गते आफ्नो घरबाट छोरी भेट्न बित्थडचिर गाउँपालिका–६ गएकी उनी मृत फेला परेकी हुन् ।
सन्तोला छोरीको घरमा नपुगेको खबर आएपछि स्थानीयहरुले खोजतलास गरेका थिए । खोजी गर्ने क्रममा बित्थडचिर गाउँपालिका–६ मड भन्ने स्थानमा बाटोबाट अन्दाजी २ सय मिटर तल सन्तोलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
 
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १६:२९
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
