Sagun Khabar
बैतडीका थप एकजना कोरोना संक्रमित मृत्यु 
Atrya hospital

बैतडी–बैतडीका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । यही वैशाख २३ गते कोरोना पुष्टि भएका दशरथचन्द नगरपालिका ४ बबेतका ६४ बर्षीय पुरुषको मंगलबार बिहान कैलालीको अत्तरीयाको एक अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए  ।

जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि ती व्यक्तिलाई यही वैशाख २६ गते धनगढी रेफर गरिएको थियो । कोरोनाको दोश्रो लहर शुरु भएसंगै कोभीडका कारण बैतडीका ७ जनाको मृत्यु भईसकेको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update