बाजुरा - बँदेलको आक्रमणबाट बाजुरामा एक किशोरको मृत्यु भएको छ । जिल्लाको बुढिनन्दा नगरपालिका–३ चोलुका बस्ने अन्दाजी १५ वर्षीय सुरेन्द्र बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
छाप्राडोरा सामुदायिक वनमा बाख्रा चराउन गएका उनलाई सोमबार दिउँसो बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
आक्रमणबाट घाइते भएका उनलाई कोल्टी प्राथमकि स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८ ०९:५२
प्रतिक्रिया दिनुहोस्