Sagun Khabar
बैतडीको सिगास गाउँपालिकाका वडाहरु ‘सिल’ 

बैतडी –बैतडीको सिगास गाउँपालिकाले वडाहरु सिल गरेको छ । कोरोना भाईरसको जोखिम बढ्दै गएपछि वडाहरु सिल गर्ने निर्णय भएको उपाध्यक्ष द्रोपती चन्दले जानकारी दिइन् । 

गाउँपालिकामा सोमबार बसेको बैठकले प्रत्येक वडामा कोरोना संक्रमण जोखिम बढेकाले अर्को सूचना नभए सम्मका लागि एक वडाबाट अर्को वडामा जान पूर्ण रुपमा प्रतिबन्ध लगाइएको उनले बताइन् । उनले भनिन् ‘अहिले गाउँपालिकाका प्रत्येक वडामा कोरोनाका शंकास्पद बिरामीहरु छन् । कतिपयको रिपोट आउन बाँकी छ । कतिपयको स्वाब संकलन भईरहेको छ । त्यसैले हामीले वडा सिल गर्ने निर्णय गरेका हौं ।’

Atrya hospital

सिगास गाउँपालिका पनि कोरोना भाईरसका संक्रमितहरुको संख्या बढ्दै गएको छ । अहिले पनि अढाई सय बढी शंकास्पद व्यक्तिहरुको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएकाले वडाहरु सिल गरिएका उपाध्यक्ष चन्दले बताइन् । उनले भनिन् ‘हामीले स्वास्थ्यका मापदण्ड परिपालना गराउन पनि यो कदम चालेका हौं । महामारी नियन्त्रणको यो प्रयासमा सबै नागरिकको सहयोग हुने हामीले आसा गरेका छौं ।’

कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि सबैले स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा उपाध्यक्ष चन्दले जोड दिइन् । 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update