Sagun Khabar
बैतडी :सुर्नया ६ का वडा अध्यक्षले झुटा सिफारिश दिएको स्थानीयको आरोप 
फोटो : विवादित खानेपानीको इन्टेक 

बैतडी–बैतडी सुर्नया वडा नं ६ का वडा अध्यक्ष जयबहादुर कुँवरले झुटा सिफारिस दिएको भन्दै स्थानीयबासी आक्रोशित भएका छन् । ठूलापातल –कुमाईखोला–टकौरी खानेपानी योजनामा अदालतमा मुद्दा चलिरहेको अवस्थामा वडाले गलत सिफारिश गरेको स्थानीयहरुको आरोप छ । सो खानेपानीका बिषयमा अदालतमा मुद्दा विचाराधिन रहेकै अवस्थामा प्रमाण नष्ट हुने गरेर आफू निकटका पार्टीका कार्यकर्ता समेत रहेकालाई सिफारिश दिएको उनीहरुको आरोप छ । 

वडा नं ६ को कुमाइखोल, कोखेत, थलाका ४१ बढी परिवारले बर्षौंदेखि उपभोग गर्दै आएको पानी अयन्त्र लैजान खोजेको भन्दै स्थानीयहरुले सो योजना रोक्नुपर्ने माग गरेका थिए । स्थानीयहरुको मागलाई बेवास्ता गर्दै एकजनाका लागि आफूहरुले प्रयोग गर्ने पानी लैजान खोजेपछि विरोध शुरु भएको स्थानीय दिवाकर अवस्थीले बताए । उनले भने ‘विष्णु अवस्थीले पुस्तौंदेखि खाईपाई आएको ३ सय मिटर नजिकै हुँदा समेत ३ किलोमिटर टाढाबाट हाम्रो पानी लगेपछि हामीले विरोध गरेका हौं । सरकारी बजेटको दुरुपयोग गरेर पानी लग्ने कोसिस भएको छ ।’

Atrya hospital

सुर्नया गाउँपालिकाको न्यायिक समितिले पनि विष्णु अवस्थीलाई नजिकैको मूहानबाट पानी उपलब्ध गराउनुपर्ने ठूलापातलको पहिला उपभोग गरिरहेकाहरुले गर्नुपर्ने निर्णय गरिसकेको छ । सो निर्णय विरुद्ध विष्णु अवस्थीले अदालतमा मुद्दा दायर गरेपछि अहिले मुद्दा विचाराधिन अवस्था छ । 

न्यायिक समितिले गरेको निर्णयमा वडा नं ६ का वडा अध्यक्ष कुँवरले समेत हस्ताक्षर गरेका छन् । अदालतका सो खानेपानीका बिषयमा मुद्दा चलिरहेका बेला विष्णु अवस्थीलाई सहयोग हुने गरेर सिफारिश गरेको स्थानीय महानन्द अवस्थीले आरोप लगाए । उनले भने ‘कांग्रेसबाट जितेका वडा अध्यक्ष कुँवरले पार्टीगत हिसाबले एकजनालाई बचाउन सिफारिश गरेका छन् । हामी पचासौं जना उपभोक्ताको केही मतलब गरिएको छैन् ।’ 

आफूहरुले भोट दिएर जिताएका वडा अध्यक्षले एकजनाका एकलौटी रुपमा सिफारिश गरेकाले अहिले भोट दिएकोमा निकै पछुतो भएको स्थानीय नवराज अवस्थीले बताए । उनले भने ‘हामीले पनि सिफारिश बनाईदिन भन्दा बनाएन् । तर एकजनाका लागि हामीले बर्षौंदेखि उपभोग गरिरहेको पानी उनलाई दिने नियतले सिफारिश बनाएको छ । यदि सिफारिश नसच्याए हामी कानुनी प्रक्रियामा जान्छौं ।’

यता वडा अध्यक्ष जयबहादुर कुँवरले भने विष्णु अवस्थीले दिएको निवेदनको आधारमा सिफारिस दिएको बताएका छन ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update