Sagun Khabar
बैतडी :दनपा ९ मा पन्ध्र बेडको आइसोलेसन 
Atrya hospital


बैतडी -बैतडीको दशरथचन्द नगरपालिकामा वडाहरुमा आइसोलेसन बनाउने कार्य शुरु गरिएको छ । केही दिन पहिला नगरकार्यपालिकाले वडा वडामा आइसोलेसन बनाउने निर्णय गरेकाले सोही अनुसार वडामा आइसोलेसन निर्माणको काम शुरु भएको हो । 

दशरथचन्द नगरपालिका वडा नं ९ को कार्यालय १५ बेडको आइसोलेसन तयार पारेको वडा अध्यक्ष हरिचन्द्र जोशीले जानकारी दिए । वडाको केदार आधारभूत विद्यालय लौडासौंमा आइसोलेसन निर्माण गरिएको वडा अध्यक्ष जोशीले बताए । 

वडाका संक्रमितहरुलाई अब आइसोलेसनमा राखिने उनले बताए । आइसोलेसनमा खानपीनको व्यवस्थापन समेत गरिएको छ । 
दशरथचन्द नगरपालिकामा कोरोनाका संक्रमित थपिँदै गएपछि वडा वडामा आइसोलेसन बनाउने निर्णय भएको थियो । 

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update