Sagun Khabar
बैतडीमा एकैदिन १४ जनाले कोरोना जिते 

बैतडी –बैतडीमा एकैदिन १४ जना कोरोना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानका १४ जनाले सोमबार कोरोना जितेका हुन् । यस्तै बैतडीमा आज थप ८ जनामा कोरोना पुष्टि भएको छ ।

एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा बझाङका २६ र ४७ बर्षीय पुरुष, दशरथचन्द नगरपालिका ९ का २५ बर्षीय पुरुष, डिलाशैनी गाउँपालिकाका ४४ बर्षीय पुरुष, दशरथचन्द नगरपालिका ८ का २५ बर्षीय महिला र पञ्चेश्वर ६ का ३२ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो ।

Atrya hospital

यसैगरी पीसीआर विधिबाट पाटनका थप २ जनामा कोरोना पुष्टि भएको छ । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५९९ पुगेको छ ।

सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २८५ जना, पाटन नगरपालिकामा १२४ जना, पुर्चौंडी नगरपालिकामा ३२ जना र मेलौली नगरपालिकामा २५ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पञ्चेश्वर गाउँपालिकामा ६७ जना, सुर्नया गाउँपालिकामा २२ जना, शिवनाथ गाउँपालिकामा १९ जना, दोगडाकेदार गाउँपालिकामा १५ जना, सिगास गाउँपालिकामा ९ जना र डिलाशैनी गाउँपालिकामा १ जना सक्रिय संक्रमित रहेका छन् ।

सोमबार डिलाशैनीमा गाउँपालिकामा संक्रमित भेटिएसंगै कोरोना दोश्रो लहर जिल्लाका १० ओटै स्थानीय तहमा पुगेको छ ।  
 

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update