Sagun Khabar
कञ्चनपुरमा मसला ठानेर दालमा मुसा मार्ने ‘बिषादी’ हाल्दा ५ जना बिरामी 
Atrya hospital

कञ्चनपुर – खानामा मुसा मार्ने विषादी हाल्दा कञ्चनपुरमा एकै परिवारका ५ जना बिरामी परेका छन् । मंगलबार बिहान जिल्लाको कृष्णपुर नगरपालिका– ६ मा दालमा मसलाको सट्टा गल्तीले विषादी पर्दा उनीहरु बिरामी परेका हुन् । 

विषादीयुक्त खाना खाएर ६५ वर्षीया रमादेवी विष्ट, ४५ वर्षीया कलावती बिष्ट,  १७ वर्षीया सरिता बिष्ट, १४ वर्षीय शमिर बिष्ट र ८ वर्षीय समिक्षा बिष्ट बिरामी परेका उनका आफन्त पुष्करबहादुर सिंहले बताए । 

घटनापछि बिरामी परेका उनीहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भईरहेको र अवस्था समान्य रहेको बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १८:१५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update