Sagun Khabar
बैतडीका पत्रकार बिष्ट क्रिकेट संघद्वारा सम्मानित

बैतडी –क्रिकेटको विकासका लागि कलम चलाएको भन्दै बैतडी जिल्ला क्रिकेट संघले बैतडीका एक पत्रकारलाइ सम्मान गरेको छ । संघले राष्ट्रिय समाचार समितिका बैतडी समाचारदाता विनोद सिंह विष्टलाई बुधबार सम्मान गरेको हो ।  

बैतडी जिल्लामा क्रिकेट खेल क्षेत्रको विकासमा पत्रकारितामार्फत योगदान पुगाएको भन्दै पत्रकार विष्टलाई नगद २५०० सहित सम्मान गरेको हो । 

संघको सातौ जिल्ला अधिवेशनको अवसरमा विष्टलाई नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्र सिंह थापा, बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लालबहादुर चन्दले दोसल्ला,प्रशंसा पत्र नगदसहित सम्मान गरेका हुन् ।   

सम्मानित भएका पत्रकार विष्टले उक्त सम्मानले अगामी दिनमा पनि क्रिकेट र खेलकुदको विकासमा कलम चलाउन थप हौसला पुगेको बताए ।  

बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर घएका पत्रकार विष्ट १२ वर्षदेखि क्रियाशिल रुपमा पत्रकारिता क्षेत्रमा रहेका छन् । 
 

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १७:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update