Sagun Khabar
जिल्ला अस्पताल दार्चुलाले भेन्टिलेटर फिर्ता नपठाउने 

दार्चुला –सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पताल दार्चुलाबाट फिर्ता मागेको भेन्टिलेटर अस्पतालले फिर्ता नगर्ने भएको छ । जिल्लाभरी कोरोनाको संक्रमण तिब्र गतिमा बढिरहेको र जिल्लामै भेन्टिलेटर अभाव भएको भन्दै तत्काल भेन्टिलेटर फिर्ता नगरिने अस्पताल प्रशासनले जनाएको छ ।

यसअघि प्रदेश सरकारले छ वटा पहाडी जिल्लाका अस्पताललाई उपलब्ध गराएको भेन्टिलेटर पहाडमा जनशक्ति अभावमा प्रयोग विहिन रहेको भन्दै धनगढी फिर्ता मगाउने उद्धेश्यले पत्राचार गरेको थियो ।

Atrya hospital

अहिले दार्चुला अस्पतालमा उपलब्ध जनशक्तिले नै सञ्चालन गर्ने गरी दुवै भेन्टिलेटर प्रयोगमा ल्याएको जनाइएको छ । दक्ष जनशक्ति नहुँदा पनि अहिले उपलब्ध जनशक्तिले सञ्चालन गर्ने गरी भेन्टिलेटर प्रयोगमा ल्याइएको अस्पतालका डाक्टर आर्दश लिम्बुले बताए ।

जिल्ला अस्पताल दार्चुलामा गत मंसिरमा महिनामा सुदूरपश्चिम प्रदेश सरकारले पठाएको दुई वटा आइसियुसहितको भेन्टिलेटर शैय्या जडान गरिएको थियो । 
 

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update