बझाङबाट धनगढी जाँदै गरेको जिपबाट १६ किलो चरेश बरामद 
                        
                        
                                                
                                            
                                                बझाङ – बझाङबाट धनगढी जाँदै गरेको जिपमा प्रहरीले १६ किलो चरेश फेला पारेको छ । सोमबार राति ११ बजे बझाङबाट धनगढीतर्फ जाँदै गरेको से १ज ७१८ नम्बरको जिपमा चेकजाँच गर्दा १६ किलो चरेश फेला परेको प्रहरीले जनाएको छ ।
कैलालीको चुरे गाउँपालिका–५ बेल्चापलान भन्ने स्थानमा गरिएको चेकजाँचमा जिपको सिटमुनि लुकाइराखेको अवस्थामा उक्त मात्रामा चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिपमा चरेश फेला परेपछि जिप चालक बझाङको बुंगल नगरपालिका –११ देउलीकोटका २८ बर्षीय बीर बोहरा र ४० बर्षीय गमलाल बोहरालाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए ।
उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 
प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  ०९:०८
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
