Sagun Khabar
असिनाले गहुँबाली नष्ट भएपछि किसानहरु चिन्तित 

बैतडी –बिहीबार साँझ परेको असीनापानीले बैतडीका विभिन्न स्थानमा गहुँबाली र तरकारीबालीमा क्षति पुर्याएको छ । भित्र्याउनै लागेको गुहँबाली असिनापानीले सखाप पारेको सुर्नया गाउँपालिका ५ का स्थानीय देवबहादुर चन्दले बताए । उनले भने ‘असिनापानीले खेतमा भित्र्याउन लागेको गहुँ सखाप पार्यो । पाकेको गहुँ असिनाले नष्ट गर्दा साह्र समस्या भएको छ ।’

बिहीबार साँझ परेको असिनाले पाकेको गहुँबाली नष्ट गरेपछि किसानहरु चिन्तित बनेका उनले बताए । खडेरीका कारण खासै सप्रन नपाएको गहुँबाली असिनाले सखाप पारेपछि भोकमरी हुने चिन्तामा किसानहरु रहेका छन् । 

Atrya hospital

बिहीबार साँझ परेको असिनाले बारीको गहुँबाली पुरै सखाप पारेको सुर्नया ५ का हरिश चन्दले बताए । यस्तै असिनाले तरकारीबालीमा समेत क्षति पुर््याएको छ । उनले भने ‘असिनाले तरकारी र गहुँबालीमा निकै क्षति पुर्याएको छ । भित्र्याउनै लागेको गहुँमा क्षति हुँदा धेरै समस्या भएको छ ।’

बैतडीमा १७ हजार ५ सय हेक्टर गहुँ खेती हुँदै आएको भएपनि यो बर्ष खडेरीका कारण गहुँको उत्पादनमा कमी आउने देखिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update