Sagun Khabar
कोरोनाबाट कैलाली र कञ्चनपुरका थप एक÷एक जनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

धनगढी–कैलाली र कञ्चनपुरका थप एक एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको घोडाघोडी  नगरपालिका २ सुखड घर भएकी ५७ वर्षीया महिलाको मृत्यु भएको हो । उहाँको एक निजी अस्पतालमा मृत्यु भएको हो ।

यस्तै कञ्चनपुरको पुर्नवास  नगरपालिका वडा नम्बर ३ की ७४ वर्षीय महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ती महिलाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । दुवै जनाको शुक्रबार बिहान मृत्यु भएको जनाइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update