बझाङ–बझाङका अर्जुनबहादुर सिंह नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । पूर्वमन्त्री समेत रहेका सिंह पिछडिएको क्षेत्रबाट कांग्रेस केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् ।
केन्द्रिय सदस्यमा निर्वाचित सिंह देउवा समूहका मानिन्छन् । चार हजार ६७२ मत खसेकोमा सिंहले दुई हजार ६७७ मत ल्याएर विजयी भएका कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।
उनका प्रतिस्पर्धी दीपकजंग शाहीले दुई हजार ५६ मतमात्रै प्राप्त गरे ।
प्रकाशित मिति: शनिबार, पुस ३, २०७८ ०९:००
प्रतिक्रिया दिनुहोस्