Sagun Khabar
पानीको मूहान संरक्षण गर्न तटबन्ध निर्माण
फोटो :पानीको मूहान जोगाउन निर्माण गरिएको तटबन्ध  

बैतडी– बैतडीको दशरथचन्द नगरपालिका १ मा पानीको मूहान संरक्षणका लागि तटबन्ध निर्माण भएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । बर्खाको भेलले पानीको मूहान बगाउनेको हो कि भन्ने चिन्ता भईरहेका बेला बनेको तटबन्धले सहयोग पुगेको स्थानीय भागरथी भट्टले बताइन् । 

पानीको मूहान जोगाउनका लागि दशरथचन्द नगरपालिका वडा नं १ को वडा कार्यालय र युनिसेफ नेपालको सहयोगमा रेडक्रसद्वारा सञ्चालित बालकेन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रमले तटबन्ध निर्माण गरेको हो ।

Atrya hospital

तटबन्ध निर्माण भएपछि पानीको मूहान माथिबाट आउने भल रोकिने स्थानीय गजेन्द्रबहादुर चन्दले बताए । खानेपानीको अन्य स्रोत नहुँदा गाउँका सबैले त्यही मुहानको प्रयोग गर्दै आएका छन् । मुहान संरक्षणको लागि मुहान वरपर बिरुवा समेत रोपिएको छ । 

स्थानीयको समस्यालाई ध्यानमा राखि सानो लागानीमा मुहान संरक्षण गरिएको बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रम अधिकृत तेज पाण्डेले बताए ।

अहिले स्थानीयबासी पानीको मुहान सरसफाइ गर्नेदेखि अन्य संरक्षणको काम गर्दै आएको दशरथचन्द नगरपालिका–१ का वडाध्यक्ष भुवनराज  भट्टले बताए । वडा कार्यालय वडाका अन्य ठाउँमा पनि पानीका मुहान संरक्षणको काम गर्दै आएको जानकारी दिए । 

यस्तै सोही वडाको बटैराज आधारभूत विद्यालयमा खानेपानी र शौचालय निर्मार्ण गरिएको छ । खानेपानीको बालमैत्री धारा र शौचालय निर्माण गरिएको गरिएपछि बालबालिकालाई सहज भएको विद्यालयकी प्रधानाध्यापक जानकी बडुले बताइन् । ६१ जना विद्यार्थी रहेको विद्यालयमा खानेपानी र शौचालय भएपछि बालबालिकाहरुलाई सहज भएको छ ।

यस अघि विद्यार्थीहरु घरबाट पानी बोकेर ल्याउने गरेका थिए । घरबाट पानी बोकर जाँदा समस्या हुने गरेको कक्षा ३ की छात्रा करिश्मा भुलले बताइन् । उनले भनिन् ‘विद्यालयमा खानेपानीको व्यवस्था भएपछि सजिलो भएको छ ।’
 

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update