Sagun Khabar
बैतडीमा बिहीबार थप ६४ जनामा कोरोना पुष्टि 

बैतडी-बैतडीमा बिहीबार थप ६४ जनामा कोरोना पुष्टि भएको छ । एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ जना र पीसीआर विधिबाट परीक्षण गर्दा ५८ जनामा कोरोना पुष्टि भएको हो ।

एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा पुर्चौंडी नगरपालिका ५ का १३, १८, १९, २५ र ३१ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै दोगडाकेदार गाउँपालिकाका २२ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

Atrya hospital

यसैगरी पिसीआर विधिबाट कोरोना परीक्षण गर्दा दशरथचन्द नगरपालिकाका ३७ जना, मेलौली नगरपालिकाका १४ जना, पाटन नगरपालिकाका ३ जना र शिवनाथ गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको छ ।

बिहीबार थप ६४ जनामा कोरोना पुष्टि भएसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३६४ पुगेको छ । पछिल्लो २४ घण्टामा बैतडीमा ८ जनाले कोरोना जितेका छन् ।

सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १९५ जना, पाटन नगरपालिकामा ४५ जना, पुर्चौंडी नगरपालिकामा ३१ जना र मेलौली नगरपालिकामा २२ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पञ्चेश्वर गाउँपालिकामा ३० जना, शिवनाथ गाउँपालिकामा १९ जना, दोगडाकेदार गाउँपालिकामा १२ जना,सुर्नया गाउँपालिकामा ९ जना र सिगास गाउँपालिकामा १ जना सक्रिय संक्रमित रहेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update