Sagun Khabar
बैतडीको सुर्नयामा अक्सिजन सहितको आइसोलेसन सेन्टर 

बैतडी -बैतडीको सुर्नया गाउँपालिकाले अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको वासुलिंग स्वास्थ्यचौकीमा अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।

आइसोलेसनमा अहिले २७ बेड तयार भईसकेका र ५ बेड थप्ने तयारी भएको स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए । अहिले गाउँपालिकासंग तीन सिलिण्डर अक्सिजन उपलब्ध रहेका र थप अक्सिजन सिलिण्डरको उपलब्धताका लागि प्रयास भईरहेको उनले बताए । उनले भने ‘हामीले कोरोना संक्रमितको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएका छौं । नियमित स्वास्थ्यकर्मी खटाएर संक्रमितहरुलाई आइसोलेसनमा बस्न भनेका छौं ।’

Atrya hospital

कोरोना संक्रमितहरुलाई आइसोलेसन सेन्टरमा खानपान सहितको व्यवस्थापन गरिएको छ । समुदायमा कोरोना नफैलियोस भन्ने हेतुले संक्रतिमहरुलाई आइसोलेसनमा राख्ने स्वास्थ्य शाखा प्रमुख महराले बताए । उनले भने ‘तर संक्रमितहरुले भने आइसोलेसन बस्न मानिरहेका छैनन् । हामीले आइसोलेसनमा सबै सुविधा गरेको भएपनि अहिले एकजना संक्रमित मात्रै आइसोलेसनमा छन् ।’

कोरोना भाईरसको संक्रमण तीव्र रुपले बढीरहेकाले त्यसको संक्रमण फैलिन नदिन अक्सिजन सहितको आइसोलेसन सेन्टर व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिए । 

सुर्नया गाउँपालिकले सञ्चालनमा ल्याएको आइसोलेसन सेन्टरमा अहिले एकजना संक्रमित बसीरहेका छन् । गाउँपालिकारी १० जना सक्रिय संक्रमित रहेका भएपनि अरु भने होम आइसोलेसनमै बसीरहेका स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए । 

कोरोनाका संक्रमितहरुलाई उपचारका लागि सजिलो होस भनेर अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने निर्णय भएको गाउँपालिका उपाध्यक्ष लिला बिष्टले बताइन् ।  

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update