Sagun Khabar
कोरोनाबाट मृत्यु भएका शिक्षकको हिन्दू परम्परा अनुसार दाहसंस्कार 
फोटो :सौजन्य नेपाली सेना 

बैतडी –कोरोनाबाट मृत्यु भएका बैतडीका एक शिक्षकको हिन्दू परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको छ । पाटन नगरपालिका १ घर भएका ४४ बर्षीय शिक्षकको कोरोना संक्रमणबाट बुधबार बिहान १ बजेर ४० मिनेटमा मृत्यु भएको थियो । 

मृतकको शव हिन्दू संस्कार अनुसार नेपाली सेनाको समन्वयमा दाहसंस्कार गरिएको नेपाली सेनाको हनुमानध्वज गुल्मका निमित्त गुल्मपती गिरिजा भट्टले जानकारी दिए  । मृतकका एकजना आफन्तले दागबत्ती दिएका र मृतकको शव तिपडाघाटमा अन्तिम संस्कार गरिएको उनले बताए । उनले भने ‘नेपाली सेनाको समन्वयमा मृतकको दाहसंस्कार हिन्दू परम्परा अनुसार गरिएको छ ।’

Atrya hospital

यसअघि पाटन नगरपालिकाले कोरोनाबाट मृत्यु भएका ती संक्रमितको शव व्यवस्थापनका लागि नेपाली सेनालाई आग्रह गरेको थियो । 

गएको शुक्रबार कोरोना पुष्टि भएका ती शिक्षकलाई मंगलबार राती मात्रै मात्रै जिल्ला अस्पातल पुर्याएको थियो । कोरोना संक्रमित ती शिक्षकको शरीरमा अक्सिजनको मात्रा निकै कम भएकाले उनको मृत्यु भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा.वसन्तराज जोशीले जानकारी दिए । 

यसअघि यही वैशाख १४ गते बैतडीको दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका ३२ बर्षीय पुरुषको कोरोनाका कारण डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update