Sagun Khabar
सुदूरपश्चिममा बुधबार कोरोनाबाट १२ जनाको मृत्यु 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा बुधबार कोरोना संक्रमणका कारण १२ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्लामा कोरोना संक्रमणबाट १२ जनाको ज्यान गएको हो ।

कैलालीका ४, कञ्चनपुर २, बाजुरा,अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुलामा १÷१ जनाको कोरोनाका कारण मृत्यु भएको बताइएको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा ३८५जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update