कञ्चनपुर –कञ्चनपुरमा भारतीय नम्बरको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । आइतबार बिहान जिल्लाको कृष्णपुर नगरपालिका –२ बाणीमा पूर्वबाट पश्चिमतर्फ आइरहेको भारतीय नम्बरको कारले ठक्कर दिँदा बाणीका तारा नाथको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कार चालक सोही ठाउँका ३९ वर्षीय वीरेन्द्र सिंह फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कार भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
ठक्करबाट घटनास्थलमै नाथको मृत्यु भएपछि बिहानैदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८ ०९:०९
प्रतिक्रिया दिनुहोस्