Sagun Khabar
बैतडीमा कोरोनाबाट एक शिक्षकको मृत्यु 

बैतडी –बैतडीमा कोरोनाबाट एक शिक्षकको मृत्यु भएको छ । पाटन नगरपालिका १ घर भएका ४४ बर्षीय शिक्षकको कोरोना संक्रमणबाट बुधबार बिहान १ बजेर ४० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

शुक्रबार कोरोना पुष्टि भएका ती शिक्षकलाई मंगलबार राती मात्रै मात्रै जिल्ला अस्पातल पुर्याएको जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए । उनले भने ‘ती शिक्षकलाई अस्पताल पुर्याउँदा बेहोस अवस्थामै थिए । अक्सिजन दिएपछि होसमा आएपनि राती उनको मृत्यु भयो ।’

Atrya hospital

कोरोना संक्रमित ती शिक्षकको शरीरमा अक्सिजनको मात्रा निकै कम भएकाले मृत्यु भएको डा. जोशीले बताए । चार दिन अघि कोरोना पुष्टि भएका ती शिक्षक यसभन्दा पहिला घरमै होम आइसोलेसनमा बसेका र त्यहाँ आँफैले अक्सिजनको प्रयोग समेत गरेका थिए ।

कोरोना संक्रमणबाट मृत्यु भएका ती शिक्षकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने जनाइएको छ ।

यसअघि यही वैशाख १४ गते बैतडीको दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका ३२ बर्षीय पुरुषको कोरोनाका कारण डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update