डडेल्धुरा – काँग्रेसको सातौं जिल्ला अधिवेशनबाट डडेल्धुराको सभापतिमा भीमबहादुर साउँद विजयी भएका छन् । सभापतिका प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै साउँद विजयी भएका हुन् । साउँदले ७३४ मत पाए भने ठकुराठीले ७६ मत पाए ।
साउँद परशुराम नगरपालिकाका मेयर पनि हुन् । यस्तै उपसभापतिमा लक्ष्मीप्रसाद अवस्थी, डिल्लीराज जोशी, सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन् । यस्तै सहसचिवमा प्रेमराज महर र गोविन्दराज बोहरा निर्वाचित भएका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८ ०७:२९
प्रतिक्रिया दिनुहोस्