Sagun Khabar
बैतडीमा चट्याङ लागेर एक वडा सदस्यको मृत्यु 
Atrya hospital

बैतडी–बैतडीमा चट्याङ लागेर एक वडा सदस्यको मृत्यु भएको छ । सोमबार राती साढे ८ बजे परेको चट्याङ लागेर पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

घर नजिकै गहुँमकै पिस्ने मिलमा काम गरिरहेका बेला भण्डारीलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको उनले बताए । घटनास्थलमा अहिले प्रहरी टोली खटिएको उनले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  ०६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update