Sagun Khabar
कांग्रेसको जिल्ला अधिवेशनका लागि सहयोग गर्न पुनः विद्यालयहरुलाइ मेयरको पत्र
Atrya hospital

दशरथचन्द नगरपालिकाका मेयर नरेन्द्रसिंह थापाले नगर कार्यपालिकाको तर्फबाट आज फेरी अधिवेशनका लागि विद्यालयहरुलाई पत्र पठाएका छन  । मंसिर १ गते उहाँले कांग्रेसको जिल्ला अधिवेशनका लागि सदरमुकामका ४ वटा विद्यालयहरूलाई ३ दिनका लागि बन्द गरी सहयोग गर्न भन्दै पत्राचार गरेका थीए ।

 नगर कार्यपालिकाको कार्यालयका तर्फबाट त्यस्तो पत्र पठाइएपछि चौतर्फी बिरोध भएको थियो । आज भने पत्रको भाषा केही फरक गरेर सम्बन्धित विद्यालयहरुमा पुनः पत्र पठाएका हुन् । सो पत्रमा विद्यार्थीहरुको पठनपाठनमा बाधा नपर्ने गरी नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीबाट १४ औं जिल्ला अधिवेशन सम्पन्न गर्न विद्यालयबाट भवन र फर्निचर उपलब्ध गराई सहयोग गरिदिन हुन अनुरोध गर्नुभएको छ ।

 यस अघि भने ‘विद्यालय बन्द गरी सहयोग गर्न मेयर थापाले पत्र पठाएका थिए  । यस विषयमा  शिक्षा समन्वय एकाइबाट पनि विधालय बन्द गर्न उचित नभएको कारण विधालय बन्द नभइ वैकल्पिक बाटो अपनाउन नगरपालिकालाई सुझाव दिएको बैतडी शिक्षा समन्वय इकाई  प्रमुख नरेन्द्र अवस्थीले बताए । संघियता आइसकेपछि पहिला शिक्षा कार्यालयको जि सि अ को जस्तो अधिकार नभएको कारण आफुले पनि समन्वय वाहेक केही गर्न नसकेको अवस्थीको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update