Sagun Khabar
बैतडीमा सक्रिय संक्रमितको संख्या २१४ पुग्यो 
Atrya hospital

बैतडी–बैतडीमा सोमबार थप दुईजनामा कोरोना पुष्टि भएको छ । एन्टीजेन विधिबाट परीक्षण गर्दा दोगडाकेदार गाउँपालिका ५ का ३६ बर्षीय र सुर्नया गाउँपालिका ३ का २० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 
पिसीआर प्रयोगशालाको रिपोट आउन बाँकी रहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए । 
सोमबार थप दुईजनामा कोरोना पुष्टि भएसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या २१४ पुगेको छ । सोमबार एकजना निको भएर घर फर्केका छन् ।
 सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १२४ जना रहेका छन् । यस्तै पाटन नगरपालिकामा ३८, पुर्चौंडी नगरपालिकामा २२ र मेलौली नगरपालिकामा ८ जना सक्रिय संक्रमित रहेका छन् । 
यस्तै दोगडाकेदार गाउँपालिकामा ११, सुर्नया गाउँपालिकामा ५, पञ्चेश्वर गाउँपालिकामा ४ र शिवनाथ र सिगास गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update