डडेल्धुरा –नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका अध्यक्ष विनोदकुमार जोशीको निधन भएको छ । शुक्रवार बिहान उनको काठमाडौंस्थित केएमसी अस्पतालमा निधन भएको हो ।
जोशीको हृदयघातबाट निधन भएको पारिवारीक स्रोतले जनाएको छ । ५४ वर्षीय जोशी डडेल्धुराको अमरगढी नगरपालिका–८ टाटरका बासिन्दा हुन् ।
डडेल्धुराकै पहिलो सुविधा सम्पन्न रातो गुरास रिर्सोटका सञ्चालकसमेत रहेका जोशीले करिब २५ वर्षसम्म विश्व खाद्य कार्यक्रममा काम गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८ ११:५३
प्रतिक्रिया दिनुहोस्