Sagun Khabar
बैतडीको दोगडाकेदारमा अक्सिजन सहितको आइसोलेसन सेन्टर 
Atrya hospital

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकाले अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । पालिकामा सञ्चालनमा रहेको अस्थायी कोरोना अस्पतालमा अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्रबहादुर धामीले बताए । उनले भने ‘हामीले अस्थायी कोरोना अस्पतालमा अक्सिजन सहितको आइसोलेसन सेन्टर बनाएका छौं । कोभीडका बिरामीहरुको उपचारका लागि सहज होस भनेर हामीले आइसोलेसन सेन्टर बनाएका हौं ।’

दोगडाकेदार गाउँपालिकामा ५ बेडको अस्थायी कोरोना अस्पताल रहेको र त्यसलाई १२ बेडको अस्पताल बनाउने तयारी समेत भएको प्रमुख प्रशासकीय अधिकृत धामीले बताए । उनले भने ‘हामीले सकेसम्म कोरोनाका संक्रमितहरुलाई उपचारका लागि सहज होस भन्ने चाहना राखेका छौं । त्यसैले अस्पतालमा बेडको संख्या बढाउने तयारी गरेका हौं ।’


दोगडाकेदार गाउँपालिकाको अस्थायी कोरोना अस्पतालमा एकजना मेडिकल अधिकृत, दुईजना स्टाफ नर्स र एकजना कार्यालय सहयोगी कार्यरत रहेका दोगडाकेदार गाउँपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update