Sagun Khabar
बैतडीमा ६ जना स्वास्थ्यकर्मी सहित थप ३२ जनामा कोरोना पुष्टि 

बैतडी–बैतडीमा ६ जना स्वास्थ्यकर्मी सहित थप ३२ जनामा कोरोना पुष्टि भएको छ । एन्टीजेन विधि र पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा आइतबार थप ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

एन्टीजेन विधिबाट परीक्षण गर्दा दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका ३८ बर्षीय, दोगडाकेदार गाउँपालिका ४ का २५ बर्षीय र दोगडाकेदार गाउँपालिका ५ का २१ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

Atrya hospital

यस्तै जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा दशरथचन्द नगरपालिकाका १९ र पाटन नगरपालिका १० जनामा कोरोना पुष्टि भएको हो । आइतबार थप ३२ जनामा कोरोना पुष्टि भएसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या २१३ पुगेको छ ।

सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १२५ जना रहेका छन् । यस्तै पाटन नगरपालिकामा ३८, पुर्चौंडी नगरपालिकामा २२ र मेलौली नगरपालिकामा ८ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै जिल्लाको दोगडाकेदार गाउँपालिकामा १०, सुर्नया गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा ४÷४ र शिवनाथ र सिगास गाउँपालिकामा १÷१ जना सक्रिय संक्रमित रहेका छन् ।

जिल्लामा सक्रिय संक्रमितको संख्या बढ्दै गएपछि बैतडीमा सोमबारदेखि निषेधाज्ञा जारी गरिएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update