बझाङमा एक गर्भवती  महिलाको हेलिकप्टर मार्फत उद्धार 
                        
                        
                                                
                                            
                                                                    बझाङ–बझाङको केदारस्युँ गाँउपालिकाकी एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । केदारस्युँ गाँउपालिका वडा नम्बर ८ की २२ बर्षिया लक्ष्मी खत्रीको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सेती प्रादेशिक अस्पताल धनगडी पठाइएको हो ।
शुक्रबार बिहान सुत्केरी ब्याथा लागेर लोतु सामुदायिक स्वास्थ्य इकाइमा आएकी खत्री सुत्केरी नभएपछि हेलिकप्टर मार्फत धनगढी पठाइएको लोतु सामुदायिक स्वास्थ्य इकाईका प्रमुख पुष्पा बोहराले बताइन् ।
जयपृथ्वी राजमार्ग ठाँउ ठाँउमा अवरुद्ध हुँदा बोकेरै अस्पताल पु¥याउन सकिने अवस्था नभएकोले हेलिकप्टर मार्फत उद्धार गरिएको केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष निशा धामीले बताइन् । 
 
प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  १३:३९
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
