Sagun Khabar
नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीमा कोरोना पुष्टि भएपछि सेवा बन्द
Atrya hospital

बैतडी– कर्मचारीमा कोरोना पुष्टि भएपछि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड सतबाँझ बैतडी शाखाबाट प्रदान गरिने सेवा बन्द भएका छन् । बैंकमा कार्यरत तीनजना कर्मचारीमा कोरोना पुष्टि भएपछि आगामी मंगलबार सम्मका लागि सेवा बन्द गरिएका शाखा प्रबन्धक गोविन्द बिष्टले जानकारी दिए  ।

काम गर्ने कर्मचारीहरुमा कोरोना पुष्टि भएकाले सेवा बन्द गरिएको उनले बताए । कोरोनाको दोश्रो लहर फैलिएसंगै बैंकका कर्मचारीहरु पनि यसका चपेटामा परेका छन् । स्वास्थ्यका मापदण्ड अपनाउँदा अपनाउँदै पनि कर्मचारीहरुमा कोरोना देखिएको शाखा प्रबन्धक बिष्टले बताए  ।

बैंकमा धेरै ठाउँबाट सेवाग्राहीहरु आउने भएकाले उनीहरुको स्वास्थ्यलाई समेत ध्यानमा राखेर मंगलबार सम्मका लागि सेवा बन्द गरिएका बिष्टले बताए । बैतडीमा कोरोना दोश्रो लहर फैलिएसंगै सक्रिय संक्रमितको संख्या १८७ पुगेको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update