Sagun Khabar
कञ्चनपुरको शोरुमबाट मोटरसाइकल चोरीको आरोपमा २ जना पक्राउ 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको एक शोरुमबाट मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन । बेलौरी नगरपालिकाको बेलौरी बजारमा रहेको डिडी अटो मोबाइल शोरुममा तोडफोड गरी मोटरसाइल चोरी गरेको आरोपमा शुक्लाफाँटा नगरपालिका–११ का २० वर्षीय विवेक बम र शुक्लाफाँटा–१ का २१ वर्षीय पारस विष्ट पक्राउ परेका हुन् । 

उनीहरूले चोरी गरिएको भनिएको मोटरसाइकल परालको थुप्रोमा लुकाइराखेको अवस्थामा बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काले बताएका छन् । 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल चोरीमा पाँच जना संलग्न रहेको बताइएको छ । चोरीमा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १३:२७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update