Sagun Khabar
पाटन नगरका बजार क्षेत्र सोमबारदेखि बन्द हुने 
फोटो :पाटनका बजार क्षेत्र बन्द गर्ने बिषयमा छलफल गर्दै सरोकारवालाहरु 

बैतडी–बैतडीको पाटन नगरपालिकाका बजार क्षेत्र सोमबारदेखि पूर्ण रुपमा बन्द गर्ने सहमति भएको छ । शनिबार सर्वपक्षीय सरोकारवालाहरुको बैठक बसी कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि बजार क्षेत्र बन्द गर्ने निर्णय भएको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले जानकारी दिए । उनले भने ‘कोरोना भाईरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । यसको नियन्त्रणका लागि हामीले सोमबारदेखि बजार क्षेत्र बन्द गर्ने निर्णय गरेका छौं ।’

पाटन नगरपालिका क्षेत्रभित्रका बजार वैशाख मसान्त सम्म बन्द गर्ने निर्णय भएको नगरप्रमुख चन्दले बताए । कोरोना भाईरसको जोखिम बढ्दै गएकाले बजार व्यवस्थापन समिति र व्यवसायीहरु समेत बसेर यो निर्णय लिइएको उनले सुनाए । पाटन नगर क्षेत्रमा पनि कोरोना भाईरसका संक्रमितहरुको संख्या बढ्दै गएपछि नागरिकको जीउधनको सुरक्षाका लागि यो निर्णय लिइएको नगरप्रमुख चन्दको भनाई छ । 

Atrya hospital

अतिआवश्यक सामग्रीका लागि प्रहरी प्रशासनको समन्वयमा केही समय बजार खोल्न सकिने बताइएको छ । शनिबार बसेको सर्वपक्षीय बैठकमा नगरप्रमुख केशवबहादुर चन्द, उपप्रमुख सरस्वती कोली,इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाही,बजार व्यवस्थापन समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । 

 

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update