Sagun Khabar
बैतडीबाट रेफर गरिएका एक कोरोना संक्रमितको धनगढीमा मृत्यु 
Atrya hospital

बैतडी–कोरोना संक्रमणका कारण श्वासप्रश्वासमा समस्या आएपछि सेती प्रादेशिक अस्पतालमा उपचाररत एक ३२ बर्षीय युवकको ज्यान गएको छ । बैतडीको एक निर्माण कम्पनीमा काम गर्ने कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं १८ का ती पुरुषको शनिबार मृत्यु भएको हो ।

जिल्ला अस्पताल बैतडीले गएको वैशाख ४ गते ती पुरुषलाई उपचारका लागि धनगढी रेफर गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । पछिल्लो समयमा बैतडीमा कोरोना संक्रमणदर बढ्दै गएको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update