Sagun Khabar
प्रधानमन्त्री देउवाद्वारा भाइरल रोडको निरीक्षण 
Atrya hospital

कञ्चनपुर –प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली नदीको निर्माणाधिन पुल जोड्ने पहुँचमार्ग अन्तर्गत निर्माण गरिएको कालोपत्र सडकको निरीक्षण गरेका छन् । 

‘भाइरल रोड’ले परिचित उक्त सडक महाकालीमा आएको बाढीले भत्काएपछि शुक्रबार प्रधानमन्त्री देउवाले निरीक्षण गरेका हुन् । भाइरल रोडमै बनाइएको हेलिप्याडमा उत्रिएका प्रधानमन्त्री देउवाले राहतका कार्यक्रम ल्याइने बताए । 

निरीक्षणको क्रममा भीमदत्तनगरपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्ण देउवा र १३ का अध्यक्ष लालबहादुर शाहीले प्रधानमन्त्री देउवालाई तटिय क्षेत्रको समस्या र ६ लेन सडक कटानीबारे ब्रिफिङ गरेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १२:३५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update