Sagun Khabar
बैतडीका थप ३१ जनामा कोरोना पुष्टि 

बैतडी–बैतडीमा शनिबार थप ३१ जनामा कोरोना पुष्टि भएको छ । एन्टीजेन परीक्षणबाट दुई जना र पीसीआर परीक्षणबाट २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

एन्टीजेन विधिबाट परीक्षण गर्दा दशरचन्द नगरपालिका १ गुरुखोला २९ र ४३ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै पीसीआर विधिबाट परीक्षण गर्दा दशरथचन्द नगरपालिकाका २४, मेलौली नगरपालिकाका २, सुर्नया गाउँपालिकाका ३, पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिकाका १÷१ जनामा संक्रमण पुष्टि भएको हो । 

Atrya hospital

शनिबार थप ३१ जनामा कोरोना पुष्टि भएसंगै बैतडीमा सक्रिय संक्रमितको संख्या १८७ पुगेको छ । सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १०५ जना रहेका छन् भने पाटन नगरपालिकामा २८ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै मेलौली नगरपालिकामा १४ र पुर्चौंडी नगरपालिकामा २२ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै दोगडाकेदार गाउँपालिकामा ८, सुर्नया र पञ्चेश्वर गाउँपालिकामा ४÷४ र सिगास र शिवनाथ गाउँपालिकामा १÷१ जना सक्रिय संक्रमित रहेका छन् । 

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update