कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु
                        
                        
                                                
                                            1634693915.jpg) 
                                                                    कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ का ६६ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ५३ वर्षीया मधुरा कार्कीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले बताएको छ ।
 साथै नगरपालिकाको वडा नम्बर १ र १२ का स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । 
 
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  ०७:२०
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    