Sagun Khabar
महाकालीमा पानीको बहाव बढेपछि बनबासा पुलमा चारपाङ्ग्रे सवारी आवागमन बन्द

कञ्चनपुर –महाकाली नदीमा पानीको बहाव बढेर १ लाख ८ हजार ९ सय ९२ क्यूसेक पुगेपछि नेपाल–भारत सीमा जोड्ने बनबासा पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवतजावत बन्द गरिएको छ ।

पानीको बहाव बढेपछि सुरक्षाको दृष्टिले मंगलबार बिहान ६ बजेदेखि बनबासा पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवतजावत रोकिएको प्रहरीले जनाएको छ । 

महाकाली नदीमा पानीको सतह तथा बहाव बढेसँगै बनबासा पुलमा आवतजावत प्रभावित भएपछि नेपाल–भारत सीमा हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सतर्क रहन आग्रह गरिएको छ ।

सम्बन्धित सबैलाई पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवतजावत बन्द गरिएको जानकारी गराउँदै आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १६:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update