Sagun Khabar
बझांगको डिख्लामा पहिरोमा बेपत्ताको अवस्था आज्ञात(वेपत्ताको नामावलि सहित)

बझाङ- थलारा गाउँपालिका वडा नं ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाँउभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा तल्लो डिख्ला र दुई गाँउका स्थानीय विस्थापित भएका भने ७ घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने शार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन् ।

गगने शार्की रोजगारीका लागि भारतमा छन् । उनका माईला छोरा काले शार्की मात्र शकुसल छन् । बेपत्ता हुनेमा गगने शार्कीको घरका हर्कु शार्की, धनगिरी शार्की, सिता शार्की, प्रवाश शार्की, भूमिका शार्की, चिरञ्जीवी शार्की, इस्सरा शार्की, संजीव शार्की, सविता शार्की, सरोज शार्की, शर्मिला शार्की, पम्मा शार्की, सुवाश शार्की, विकास शार्की, एक जना नाम नखुलेका रहेका छन् भने मदन शार्की(सरस्वती आवि पिपलगडाका शिक्षक) कलुदेवी शार्की र एलिसा शार्की गरेर १८ जना रहेका छन् । यस्तै नरे पार्कीका घरका उजली पार्की, आयुष पार्की, हिमा पार्की, सिमा पार्की गरेर ५ जना रहेका छन् । 

 

Atrya hospital

तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मा.वि. महेन्द्रधारमा बसिरहेका छन् । गाउँ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ती मा.वि पाराकाट्नेका शिक्षक मदन बहादुर साउँदले बताए ।

 

उनले जेपी डेली तथा जयपृथ्वी एफएमसँग भने,‘बिहानैदेखि हामीले प्रहरी, पत्रकारलाई फोन गर्न धेरै प्रयास गर्‍यौं तर नेटवर्कले काम गरेन । जयपृथ्वी एफएमबाट प्रसारण हुने जयपृथ्वी संवादमा स्थानीयका आवाजसहित कहाँ के कति क्षति भयो भनेर कार्यक्रम प्रसारण हुँङ्गदै रहेछ । स्टुडियोको नम्बर पाएर तपाइहरुलाई खबर गरेको हुँ । बिहान ४ बजे सुतेकै समयमा पहिरो आएछ । आदीले भागेर ज्यान बचाए । आदी निदाएकै अवस्थामा पहिरोसँगै बेपत्ता भएका छन् । अहिले पानी रोकिएको छैन । प्रहरी चौकी मालुमेला, खोली र जिप्रकामा कुरा भइसकेको छ । तर घटनास्थलसम्म पुग्ने बाटो असहज भएको र जयपृथ्वी राजमार्ग अवरुद्ध भएका कारण यहाँ पुग्न सकेका छैनन् । हामीहरु यहाँ महेन्द्रधारको डाँडामा रहेका केही पसल र विद्यालय बसिरहेका छौं । पानी निरन्तर परिरहेकाले चिसो छ । साना बालबालिका र वृद्धवृद्धाहरु छन्  साह्रै गाह्रो छ । खान पनि समस्या छ। ’ 

सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए ।

उनले भने, ‘पहिरोमा परेर बेपत्ता भएको भन्ने खबर आएको छ । लगातार पानी परिरहेकोले बाटो अवरुद्ध छ । घटनास्थल टाढा भएका कारण पुग्न सकिएको छैन ।’

#thejpdaily

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  २१:४५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update