Sagun Khabar
महाकालीको टापुमा फसेका ५ जनाको १५ घण्टापछि उद्दार

कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मुसेट्टिमा महाकाली नदीको टापुमा फसेका ५ जनाको उद्दार गरिएको छ। सुर्खेतबाट आएको नेपाली सेनाको पश्चिम कमाण्ड हेलिकप्टरले उनीहरुको उद्दार गरेको हो। प्रतिकुल मौसमका वाबजुद सेनाको टोलीले बेलुका ५ बजे उद्दार गरेका जर्नेल प्रेम शाहीले बताए।

 

Atrya hospital

कुखुरा फार्ममा कुरुवा बस्न गएका भीमदत्त नगरपालिका ९ मुसेट्टिका एकै परिवारका ५ जना सोमबार रातिदेखि फसेका थिए। उनीहरु १५ घण्टा रुखको बसेका थिए। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ३६ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, १० वर्षीय अजय नायक, ४ वर्षीय बालक सुरज नायक र ५० वर्षीया गौरी खड्का महाकालीको टापुमा फसेका थिए।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update