Sagun Khabar
जाडीकोट सामुदायिक वनमा जथाभावी वन फडानी 
Atrya hospital

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ७ स्थित जाडीकोट सामुदायिक वनमा जथाभावी वनजंगल फडानी भएको स्थानीयहरुले बताएका छन् । सामुदायिक वन उपभोक्ता समितिले वन संरक्षणमा चासो नदिँदा वन फडानी भईरहेको स्थानीय प्रकाश धामीले जानकारी दिए  ।

एक बर्ष अघि मात्रै सामुदायिक वनको रुपमा स्थापना भएको जाडीकोट सामुदायिक वनमा जथाभावी जंगल फडानी गर्ने कार्य भईरहेको उनले बताए । वन संरक्षणका लागि भमक सिद्धनाथ युवा समूहले पहल गरेको भएपनि सामुदायिक वन उपभोक्ता समिति सक्रिय नभएको धामीले गुनासो गरे  ।

सामुदायिक वनमा जथाभावी वन फडानी भईरहेकाले यो रोक्ने तर्फ सामुदायिक वन उपभोक्ता समितिले कदम चाल्नुपर्नेमा युवा समूहले जोड दिएको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update