बझाङ कांग्रेस सभापतिमा बोहरा विजयी 
                        
                        
                                                
                                            
                                                                    बझाङ –बझाङमा नेपाली कांग्रेसको जिल्ला सभापतिमा खडकबहादुर बोहरा विजयी भएका छन् । शनिबार बिहान सम्पन्न मत गणनाको परिणामअनुसार रमेशबहादुर भण्डारीलाई पराजित गर्दै बोहरा सभापतिमा निर्वाचित भएका हुन् ।
बोहरा सभापतिमा विजयी भएको निर्वाचन समिति सदस्य रमानन्द जोशीले बताए । जिल्ला सभापतिका पराजित उम्मेदवार भण्डारीको प्यानलबाट सचिवमा झलक कठायतबाहेक सबै उम्मेदवार पराजित भएका छन् ।
बझाङको नतिजासँगै कांग्रेसले हिमाली क्षेत्रका १३ जिल्लामा जिल्ला अधिवेशन सकेको छ । जसमध्ये ७ जिल्लामा इतर समूह र ६ जिल्लामा संस्थापन पक्षका नेता सभापति बन्न सफल भएका छन् । 
 
प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १३:१५
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
