Sagun Khabar
कञ्चनपुरमा १५ जुवाडे पक्राउ 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा १५ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको दोधाराचाँदनी नगरपालिकाका मोहन सिंहको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई १ लाख २२ हजार २ सय १० नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए । उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र सोधपुछ भइरहेको उनले बताए । 

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update