Sagun Khabar
कञ्चनपुरमा विंगरबाट खसेर सहचालकको मृत्यु 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा विंगरबाट खसेर एकजनाको मृत्यु भएको छ । मंगलबार महेन्द्रनगरदेखि धनगढी तर्फ आइरहेको म१ज २०९० नम्बरको विङगरबाट खसेर भीमदत्त नगरपालिका–६ का ४० वर्षीय दानसिंह बुडालको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।

मंगलबार दिउँसो पौने चारबजेतिर शुक्लाफाँटा नगरपालिका– ५ स्थित अर्जुनी ब्यारेक नजिकै विङगरका सहचालक रहेका बुडाल खसेर घाइते भएका थिए ।

घाइते उनको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ । घटनाका बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update