Sagun Khabar
कञ्चनपुरको गड्डाचौकीबाट बझाङकी एक किशोरीको उद्धार 
Atrya hospital

कञ्चनपुर –पश्चिमी सीमा नाका गड्डाचौकीबाट १४ वर्षीया किशोरीको उद्धार गरिएको छ । बझाङको दुर्गाथली गाउँपालिका–२ का करिब ३२ वर्षीय मदन सार्कीले भारततर्फ लैजाँदै गरेका किशोरीको नाकाबाट सशस्त्र प्रहरीले उद्धार गरेको हो । 

किशोरीलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीको समन्वयमा शान्ति पुनर्स्थापना केन्द्रमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए । 

किशोरी बझाङको छविसपाथिभेरा गाउँपालिका–३ की रहेको बुझिएको छ । सार्कीलाई पनि नियन्त्रणमा लिएर पुनस्र्थापना केन्द्रमा बुझाइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update