कांग्रेसको अधिवेशनका लागि बझाङमा नयाँ निर्वाचन अधिकृत खटिए 
                        
                        
                                                
                                            
                                                                    बझाङ–नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बझाङमा नयाँ निर्वाचन अधिकृत खटाइएको छ । पहिलाका निर्वाचन अधिकृत चेतराज भट्टलाई निर्वाचन गर्ने वातावरण नै नबनाएपछि नयाँ निर्वाचन अधिकृत खटाइएको हो ।
केन्द्रिय निर्वाचन समितिले उज्जवल श्रेष्ठलाई बझाङमा निर्वाचन अधिकृतको रुपमा खटाएको छ । जिल्लामा नयाँ निर्वाचन अधिकृत आएसंगै जिल्ला अधिवेशनका बिषयमा छलफल भईरहेको नेपाली कांग्रेस बझाङले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १७:३४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
